४. समितिको काम, कर्तव्य र अधिकार ः
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) मनकामना क्षेत्रको विकास सम्बन्धी योजना र कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने ।
(ख) मनकामना क्षेत्रको विकास सम्बन्धी योजना र कार्यक्रमको कार्यान्वयनका लागि समितिले स्वदेशी वा विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिसंग सम्पर्क र समन्वय गर्ने ।
(ग) मनकामना क्षेत्रसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित साँस्कृतिक, धार्मिक, ऐतिहासिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरूको संरक्षण, सम्बद्र्धन एवं पुन निर्माण गर्ने, गराउने ।
(घ) मनकामना क्षेत्रसंग सम्बन्धित पाण्डुलिपि, शिलालेख, ताम्रपत्र तथा मुद्रित सामाग्रीको संकलन र संरक्षण गर्ने, गराउने ।
(ङ) मनकामना क्षेत्रभित्रका प्राकृतिक सम्पदा, वातावरण तथा पशुपंक्षीको रेखदेख तथा संरक्षण गर्ने, गराउने ।
(च) मनकामना क्षेत्रको महत्व र यसको विकासका निमित्त सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी आदिको आयोजना गरी प्रचार प्रसार गर्ने, गराउने ।
(छ) मनकामना क्षेत्रको विकास र उन्नतिका निमित्त सरकारी तथा गैरसरकारी संस्थाहरू बीच आवश्यक समन्वय गराउन प्रयत्नरत रहने ।
(ज) मनकामना क्षेत्रभित्र पर्ने देवालय तथा गुफाहरूको खोजतलास गरी त्यसको उचित संरक्षण, सम्बद्र्धन तथा विकास गर्ने ।
(झ) मनकामना क्षेत्रमा रहेका शिक्षालय, स्वास्थ्य केन्द्र, पुल, ढल, कुलो, कुलेसो, बाटोघाटो, पानी, बिजुली, टेलिफोन, सार्वजनिक शौचालय, धर्मशाला, धार्मिक साधनास्थल, मठ, मन्दिर वातावरणीय सुधार आदि कुराहरूलाई व्यवस्थित गर्ने ।
(ञ) मनकामना क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्वलाई आघात पु¥याउने खालका गतिविधिहरूको सन्चालनमा नियन्त्रण र निषेध गर्ने
(ट) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि आवश्यक अन्य कार्यहरू गर्ने, गराउने ।